Friday, July 10, 2015

Friendshp or love | Story | Episode I

ओई निर्जन तेरि ना आउँदै छे.... हेर त... उसका साथीहरुले निर्जनलाई जिस्काउँदै थिए । निर्जनले कलेजको गेटमा हेर्यो...scooty मा छोटो skirt लगाएर आउँदै थिइन् निर्जनको dream girl सन्ध्या । निर्जनले सन्ध्यालाई मन पराएको केही महिना मात्र भएको थियो....कलेजको first दिन देखि जब निर्जनले सन्ध्यालाई देख्यो तब देखि । ११ को class तेई माथी भर्खर्का young... केटाले केटीलाई, केटीले केटालाई मन पराउनु स्वभाविक हो । gf/bf नहुने कलेजमा प्राय कम नै होलान् । सन्ध्या frank typeको केटी थिईन् । सबैसँग मजाले खुलेर बोल्थिन् । हेर्दा hot & sexy देखिए पनि उनको character धेरै राम्रो थियो । को सँग कसरी बोल्न पर्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो । बिस्तारै कलेजको दिन सँगसँगै निर्जन र सन्ध्याको introduction पनि भयो । निर्जन जब सन्ध्यासँग बोल्थ्यो, उसको ओँठ काँप्न थाल्दथ्यो । धड्कन तेज हुन्थ्यो । सायद first लभ भएर होला । उसको एक मुस्कान मै फिदा हुन्थ्यो ऊ । धेरै लजाउँथ्यो सन्ध्यासँग । मनको कुरा तेसै कारण ले गर्दा मनमा गुम्साई भन्न सकेको थिएन ऊ । फेरी तेई कलेजमा एउटा केटाले जबर्जस्ती मन पराउँछ भन्दा सन्ध्या तेसलाई झापड पनि हानेकी थिइन् । त्यो सम्झेर पनि होला निर्जनले सन्ध्यालाई मनको कुरा भन्न नसकेको ।
यो कुरा निर्जनका साथीहरुलाई मात्र नभएर, सन्ध्याका साथीहरुलाई समेत थाहा थियो । सन्ध्या भन्ने गर्थिन् की, यदि निर्जनले मलाई मन पराउँथ्यो भने भनि हाल्थ्यो नि । ऊ मेरो वेस्ट friend मात्र हो....राम्रो साथी!...तर केटीहरु सन्ध्यालाई निर्जनको नामले जिस्काउँथे । कलेजमा निर्जन सन्ध्यालाई हेरिरहन्थ्यो, एक टकले । जब सन्ध्या निर्जनको छेउमा गफ गर्न आउँथिन् , तब उसको साथीहरु उसलाई छोडेर लुसुक्क जान्थे ताकी दुई जना मज्जाले गफ गर्न सकुन् । तर, निर्जनलाई धेरै अप्ठेरो महसुस हुन्थ्यो । सन्ध्याले निर्जनलाई आफ्नो हरेक कुरा share गर्थिन् । एकदिन सन्ध्याले निर्जनलाई सोधिन्, “तिमी त के सारो केटी झैँ लजाको के...तिम्रो ना पनि छक्क पर्छ होला है...”, निर्जन लजाउँदै भन्ने गथ्र्यो, मेरो gf छैन... यो सुनेर सन्ध्या हाँस्ने गर्थिन् मात्र, मानौ की निर्जनले त बडो मजाको जोक सुनाई रहेछ । यस्तैमा निर्जनले पनि बडो आँट जुटाएर सोध्यो, “तिम्रो bf छ कि छैन ?”...just सोधेको मात्र don't ल!, प्याच्च भनिहाल्यो । सन्ध्या भन्ने गर्थिन्, मैले त्यसबारे अहिले सोचेको छैन...म पहिला आफ्नो पढाई पुरा गर्छु , अनि मात्र सोच्ने छु...निर्जन चुपचाप बस्थ्यो, मानौ की ठुलो शोकमा परेको छ ऊ । जब कलेज छुट्टी हुन्थ्यो, अनि जब त्यो छुट्टी हुने बेला निर्जन र सन्ध्याको भेट हुन्थ्यो, त्यो बेला निर्जनका साथीहरु बाइकमा जाँदा कराउँदै भन्थे, “ओइ सन्ध्या, तिमीलाई निर्जनले मन पराउँछ...”(निर्जन रातो र पिरो हुन्थ्यो, मानौ की उसले ज्यानमारा खुर्सानी चपाइरहेको छ । )
 सन्ध्या हाँस्थिन् मात्र । निर्जन डराउँदै सन्ध्यालाई भन्थ्यो, “तेस्तो केही हैन, mind नगर ल ।
सन्ध्या : साथीहरु तेस्तै हुन्, केटा केटी सँगै हिँडेको देख्नु हुन्न gf/bf सोची हाल्छन् ।
निर्जन : तेइत भन्या...(तर, भित्र भित्रै उसलाई औडाहा हुन्थ्यो, सन्ध्या कसरी भनौँ कि म तिमीलाई मन पराउँछु भनेर, साथीहरुले भनेको कुरा सही हो भनेर....यस्तै कुरा मनमा खेलाउँदै टोलाउँथ्यो निर्जन)
सन्ध्याले झस्काउथिन् अनि जिस्काउँदै भन्ने गर्थिन्, “के हो, तिम्रो dream girlको बारेमा सोच्या हो कि क्या हो...अम्म्!, तिमीले तिम्रो dream girl भेटेउ भने सुरुमा मलाई भन है...आखिर वेस्ट friend पो हुँ त!!!...।(सन्ध्यालाई के थाहा कि, निर्जनकी dream girl उनी आफै हुन् भनेर...)

सन्ध्या सधैँ यस्तै कुरा गर्दै घर जाने बेला निर्जनलाई Bye! भन्दै एक मिठो मुस्कान छोड्दै जान्थिन् । निर्जनलाई उसका साथीहरुले धेरै भन्ने गर्थे कि, “सन्ध्यालाई आफ्नो मनको कुरा भन भनेर । तर, निर्जन भन्ने गथ्र्यो, “अहिले हैन यार्...अझ उसको नजिक हुनुछ...समय आउँछ नि!। साथीहरु भन्ने गर्थे, “ढिला नगर्, मन पराउने कुरा भन्दा नभ्याउँदै अर्काले उडाइदेला अनि खान्छस्। निर्जन कराउँथ्यो तेसो भन्दा, साथीहरुसँग रिसाउँथ्यो...उसले धेरै मन पराउँथ्यो सन्ध्यालाई ।
एकदिन कलेजमा एउटा विषयको सर आउनुभएको थिएन । त्यसैले, त्यो बेला सन्ध्या निर्जन भएको ठाउँमा कुराकानी गर्न आइन्...गफ गर्दा गर्दै निर्जनले सन्ध्यालाई सोध्यो, “सन्ध्या, तिमी love मा believe गर्छाै ?”
सन्ध्या : अम्म्!!!...खै आजकलको love, to use and throw मात्र छ, कसलाई विश्वास गर्नु र ?
निर्जन : तै पनि सबै त तेस्तो हुदैनन् नि...
सन्ध्या : अम्म्!!...हुन सक्छ । तर छुट्याउनै गाह्रो, कसले true अनि कसले झुटो माया गर्दैछ भनेर थाहा नै हुन्न । केटाहरुको भर नै हुन्न (मलिन मुद्रामा...)
निर्जन : एउटा playboy भयो भन्दैमा सबै त्यस्तै हुन्छन् भन्ने हुन्न नि सन्ध्या ।
सन्ध्या : ह्या!... छोड्देऊ भो love को कुरा, I don't want to fall in love र सुन्नु पनि छैन यार्...
निर्जन दुखि भयो, सन्ध्याले निर्जनको silency बुझ्िथन्,.....














No comments:

Post a Comment